दफा ५१
हतियार लगायत अन्य सरसामान लिई भागेको वा दुरूपयोग सम्बन्धी कसुर
देहायका कार्य गरेमा हतियार लगायत अन्य सरसामान लिई भागेको वा दुरूपयोग सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) आफ्नो प्रयोगको निमित्त वा आपूले जिम्मा लिई राखेको हातहतियार, गोलीगठ्ठा, सरसामान, इक्विप्मेन्ट, ज्यावल, लत्ताकपडा वा अरू कुनै सरकारी मालवस्तु लिई भागेमा वा त्यसरी भगाउने काममा मतियार भएमा,
(ख) खण्ड (क) मा लेखिएको कुनै वस्तु हराएमा,
(ग) आपूलाई प्रदान गरिएको पदक वा विभूषण विगारेमा, नासेमा, वेचविखन गरेमा वा वन्धक राखेमा ।